Tune to BFM 91.2|Biratnagar

कोशी कोभिडमा मनोपरामर्श सेवा

विराटनगर, १२ जेठ । गम्भीर प्रकृतिका कोरोना संक्रमितको उपचार गर्दै आएको विराटनगरस्थित कोशी कोभिड १९ उपचार केन्द्रले संक्रमित विरामीहरुका लागि मनोपरामर्श सेवासमेत सुचारु गरेको छ । संक्रमित भएपछि कतिपय विरामीहरुमा मानसिक समस्या पनि देखा पर्न थालेकाले अस्पतालले मनोपरामर्श सेवा सुरु गरेको हो । दोस्रो चरणको कोभिड भेरियन्टमा संक्रमित हुनेको संख्या र संक्रमणबाट मृत्यु हुनेको संख्यामा बृद्धि भएको कारण संक्रमितहरु मानसिक रुपमा डराउने गरेकाले अस्पतालले मनोपरामर्श सेवा सुरु गरेको अस्पतालका व्यवस्थापक संयोजक बैजनाथ साहले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button