Tune to BFM 91.2|Biratnagar

कोशी गाउँपालिकामा बृद्धको हत्या

विराटनगर, ८ पुस । सुनसरीको कोशी गाउँपालिका वडा नम्वर ३ मा स्थानीयको कुटपिटबाट ८० वर्षिय वृद्धको ज्यान गएको छ । कुटपिटबाट ८० वर्षिय गंगाई दासको ज्यान गएको हो । प्रहरीले घटनामा संलग्नताको आशंकामा उदिचन्द र कृपा मुखियालाई नियन्त्रणमा लिएको छ ।

वृद्ध हत्याको आरोपमा पक्राउ परेका व्यक्ति दाजुभाइ रहेको प्रहरीले जनाएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानले रातिको समयमा तस्करीको सामान ओसारपसार गर्दै गरेका उदिचन्द र कृपा मुखियासँग वृद्धको परिवारसँग विवाद भएको देखाएको छ ।

सोही क्रममा हात हालाहाल तथा कुटपिट हुँदा लडेका वृद्धको ज्यान गएको प्रहरीको भनाइ छ । स्थानीयले भने तस्करीको सामान लुकाउने विषयमा वृद्धसँग झगडा परेको र सो क्रममा उनको कुटपिटबाट ज्यान गएको बताएका छन् । घटना सम्वन्धमा विस्तृत अनुसन्धान भैरहेको सुनसरी प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button