Tune to BFM 91.2|Biratnagar

कोशी प्रादेशिक अस्पताललाई पिपिइ हस्तान्तरण

विराटनगर, ११ वैशाख । विराटनगरस्थित कोशी प्रादेशिक अस्पताललाई पिपिइ सामग्री हस्तान्तरण गरिएको छ । आवासीय नेपाल संघ राष्ट्रिय समन्वय परिषदले अस्पतालकी मेडिकल सुपरिटेन्डेन डा. संगीता मिश्रालाई उक्त सामग्री हस्तान्तरण गरेको हो ।

आवासीय नेपाल संघ राष्ट्रिय समन्वय परिषद्ले नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाको उपस्थितिमा अस्पताललाई करिब ६० हजार रुपैयाँ बराबरको २० थान पिपिइ हस्तान्तरण गरेको परिषदका महासचिव निश्चल दाहालले जानकारी दिनुभयो ।

कोरोना भाइरसको संक्रमणबाट सुरक्षित रहनका लागि अस्पताललाई पिपिइको सामग्री उपलब्ध गराइएको उहाँले दाहालले बताउनुभयो । पिपिइ उपलब्ध गराएकोमा परिषदलाई अस्पतालकी मेसु डा. मिश्राले धन्यवाद दिनुभयो । उहाँले अस्पतालमा काम गर्ने स्वास्थ्यकर्मीहरुलाई कोरोनाभाइरसका बिरामीलाई उपचारमा सहज हुने डा. मिश्राले बताउनुभयो ।

परिषदले भरतपुर क्वाइरेन्टाइन अस्पताललाई २५ थान, नेपालगञ्ज टिचिङ अस्पताललाई २५ थान, सेती प्रादेशिक अस्पताललाई, २५ थान, चितवन कोरोना अस्पताललाई २५ थान, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई २२ थान र मेची अस्पताललाई २० थान पिपिइ उपलब्ध गराइसकेको महासचिव दाहालले जानकारी दिनुभयो ।

अस्पतालमा अझै आवश्यक पर्ने स्वास्थ्य सामग्री उपल्बध गराउने परिषद्का सचिव एमडी बोहराले प्रतिबद्धता व्यक्त गर्नुभयो । हस्तान्तरण कार्यक्रममा कांग्रेसका युवा नेता कृष्ण कार्की, खेम थापालगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button