कोशी विद्या मन्दिरमा पर्पल डे
विराटनगर, १६ फागुन । विराटनगर –१० मा रहेको कोशी विद्या मन्दिरले आज पर्पल डे मनाएको छ । स्कूलमा मन्टेश्वरीमा अध्ययनरत विद्यार्थीविच हर्षोल्लासका साथ पर्पल डे मनाएको हो ।
मन्टेश्वरीकी ईन्चार्ज नविता दासले यस किसिमका आयोजनबाट बाल–बालिकाहरुले प्रायोगिक विधिबाट आफ्ना वरिपरीको संसार चिन्ने अवसर पाउने बताउनुभयो ।
कार्यक्रममा प्ले ग्रुपदेखि कक्षा ३ सम्म अध्ययनरत २ सय २० जना बाल–बालिकाहरुको सहभागिता रहेको स्कूलका प्रिन्सिपल धीजनबाबु काफ्लेले बताउनुभयो ।