कोषमा ५ लाख जम्मा
विराटनगर, १६ वैशाख । विराटनगरस्थित ग्लोबल आई.एम.ई बैंकले विराटनगर महानगरपालिकालाई ५ लाखको चेक हस्तान्तरण गरेको छ ।
बैंकले महानगरको विपद व्यवस्थापन कोषका लागी ५ लाखको चेक हस्तान्तरण गरेको हो । महानगरपालिकाले कोरोना भाईरसको सम्भावित जोखिमसँग लड्न .२ करोडको कोष खडा गरेको थियो ।
सोही कोषको रकमबाट विराटनगरबासीलाई राहत पनि वितरण गरिएको महानगरका विपद व्यवस्थापन शाखा प्रमुख राजेन्द्र प्रधानले बताउनुभयो ।
राहत वितरणमा खर्च भएको रकम सहित महानगरको विपद व्यवस्थापन कोषमा हाल कुल २ करोड ४८ लाख २० हजार १ सय ७ रुँपैया जम्मा भईसकेको जनाईएको छ ।