कोसी पीडितले मुआब्जा नपाउनुमा दुवै देशको कमजोरी : गच्छदार

0
80

विराटनगर, २४ भदौ । कांग्रेस उपसभापति विजयकुमार गच्छदारले बहुचर्चित कोसी सम्झौताअनुसार मुआब्जा वितरण नहुनुमा नेपाल र भारत दुवै देशको कमजोरी रहेको औंल्याउनु भएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उहाँले सप्तकोसी नदीबाट पीडित भएकाले लामो समयसम्म क्षतिपूर्ति र मआब्जा नपाउनुमा नेपाल र भारत दुवै देशका सरकार दोषी रहेको उल्लेख गर्नु भएको हो । कोसी व्यारेज निर्माणका बेला नेपाली भूभागमा गरिएको जग्गा अधिग्रहरणले हजारौं परिवारको विल्लीबाठ भए पनि अहिलेसम्म पीडितले क्षतिपूर्ति र मुआब्जा नपाउनु दुःखद् भएको उहाँको भनाइ छ । कोसी पीडित तीन सातादेखि मुआब्जा लगायतका माग राखेर आन्दोलित छन् । पीडितहरु आन्दोलित भइरहँदा कांग्रेस उपसभापति गच्छदारले विगत र बर्तमान सरकार कोसी पीडितका लागि अनुदार बनेको टिप्पणी गर्नु भयो । कोसी पीडितलाई मुआब्जाविहीन बनाएर थप पीडित बनाउने काम भइरहेको भन्दै उहाँले सबै समस्या सरकारकै गैरजिम्मेवारीपनका कारण उत्पन्न भएको आरोप लगाउनु भयो । एकअर्को प्रशंगमा उहाँले सरकारप्रति जनतामा दिनप्रतिदिन निराशा छाएर गएको बताउनु भयो । सरकारको काम गर्ने क्षमता कमजोर भएकाले जनता निराश बनेको उहाँको टिप्पणी छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here