Tune to BFM 91.2|Biratnagar

कोेरोनाबाट विराटनगरमा एकै दिन ७ जनाको मृत्यु

विराटनगर, २३ वैशाख । कोरोना सङ्क्रमणका कारण विराटनगरमा एकै दिन सात जनाको मृत्यु भएको छ । विराटनगरको कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रमा चारसहित विराटनगरमा सात जनाको मृत्यु भएको हो । त्यस्तै नोबेल मेडिकल कलेजमा २ र न्यूरो अस्पतालमा एक जनाको मृत्यु भएको छ ।

विराटनगर महानगरपालिका–१० का ५७ वर्षीय पुरुषको बिहीबार बिहान मृत्यु भएको कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रका सूचना अधिकारी अनुपम राजवंशीले जानकारी दिनुभयो । उनका अनुसार कोसीमा उपचाररत मोरङको जहदा गाउँपालिका–५ का २५ वर्षीय युवकको पनि मृत्यु भएको छ । सुनसरीको कोसी गाउँपालिका–४ का ६५ वर्षीय वृद्ध पुरुषको पनि आज बिहान मृत्यु भएको छ । विराटनगर महानगरपालिका–१३ का ५० वर्षीय पुरुषको पनि कोसीमै मृत्यु भएको छ । विराटनगरको नोबेल शिक्षण अस्पतालमा पनि कोरोना संक्रमित दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक महिला र एक जना वृद्ध पुरुष छन् ।

विराटनगरको न्युरो अस्पतालमा मोरङको रंगेली नगरपालिका–३ का २६ वर्षीय युवाको मृत्यु भएको छ । दुर्घटनामा परेर घाइते भएपछि १७ दिनदेखि उपचाररत उनको बुधबारसाँझ स्वाब संकलन गरेर पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजिटिभ आएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button