Tune to BFM 91.2|Biratnagar

क्यूरा हेल्थद्धारा टेलिमेडिसिन सेवा शुरु

विराटनगर, २६ कात्तिक । विराटनगरमा क्यूरा हेल्थले टेलिमेडिसिन सेवा शुरु गरेको छ । प्रविधिको उच्चतम प्रयोग गरि क्यूरा हेल्थको एप्लिकेसनमा रहेको टेलिमेडिसिन सुविधाले विरामीलाई घरमै बसी अडियो, भिडियोका माध्यमबाट अस्पताल वा चिकित्सक सँग परामर्श लिन सकिने क्यूरा हेल्थका सञ्चालक आयुश भगतले बताउनुभयो ।

आज विराटनगरमा पत्रकार सम्मेलन गरि क्युरा हेल्थले कोरोना संक्रमणका समयमा अस्पतालमा भिडभाड गर्न नहुने र सामाजिक दुरी कायम गर्नुपर्ने भएकाले टेलिमेडिसिन सेवा प्रभावकारी हुने भगतले बताउनुभयो । उहाँले अहिले विराटनगर अस्पताल, लाईफगार्ड अस्पताल र श्री राम डेन्टल क्लिनिकसँगे सहकार्य गरिएको बताउनुभयो । भगतले भन्नुभयो,‘ अन्य सरकारी अस्पताल, निजी अस्पताल र क्लिनिकसँग सहकार्यमा जोड दिएका छौं ।’

विरामीले चिकित्सकसँग कुराकानी गर्न मिल्ने र फोटो पनि पठाउन सक्ने गरि सुविधा मिलाईएको सञ्चालक भगतले बताउनुभयो । क्युरा हेल्थको प्रयोग गरि खोजेको डाक्टर, डाक्टर समय बुक गर्न सकिने बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button