क्लिनिकल ल्याब नियमन गर्न प्रदेश जनस्वास्थ्य प्रयोगशाला

0
139

विराटनगर ३० असोज । प्रदेशभरिका स्वास्थ्य जाँच गर्ने प्रयोगशालाहरूको नियमन, अनुगमन गरेर गुणस्तर कायम गराउन प्रदेश १ सरकारले प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा ल्याएको छ । प्रदेश १ भरिका स्वास्थ्य जाँच गर्ने प्रयोगशालाहरूको काम अनुमगन गर्दै गुणस्तर कायम गराउन प्रदेश १ सरकारको सामाजिक विकास मन्त्रालयले प्रादेशिक प्रयोगशाला सञ्चालनमा ल्याएको हो । सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखा अन्र्तगत सञ्चालनमा आएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाले प्रदेशभरिका प्रयोगशालाहरू दर्ता गर्ने, मापदण्डअनुसार सञ्चालन भए नभएको अनुमगन गर्ने र नगर्नेलाई कारवाहीको सिफारिस गर्ने र महत्त्वपूर्ण जाँच परीक्षण गर्ने र प्रदेशमा हुन नसकेका जाँचहरू गराउन बाहिर पठाउने काम गर्दछ । साथै प्रयोगशालाले प्रदेश १ भरिका रिफर गरिएका नमुनाहरूको परीक्षण गर्ने जनस्वस्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने रोगहरू डेंगु, मलेरिया, क्षय रोग साथै सर्ने तथा नसर्ने रोगहरूको बारेमा परीक्षण गर्ने काम गर्दछ । यसै वर्षदेखि विराटनगरको मुनालपथमा सञ्चालनमा आएको प्रदेश जनस्वास्थ्य प्रयोगशाला आवश्यक उपकरण आइ नसकेकोले जाँच परीक्षण चाँहि हुन थालेको छैन । हाल कार्यालयको आन्तरिक काम मात्र भइरहेको प्रयोगशालाका प्रशासनिक अधिकृत पर्शुराम दाहालले बताए । उनका अनुसार प्रयोगशालाका लागि उपकरण खरिदका गर्ने प्रक्रिया सुरु भइसकेकोले केही दिनमै प्रयोगशाला कम्तिमा चार महिनाभित्र सञ्चालनमा आउनेछ । उपकरण खरिदका लागि प्रदेश सरकारले ४ करोड रुपैयाँ बजेटको व्यवस्था गरेको छ । उपकरण जडान भइसकेपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौँको जस्तो प्रदेश जनस्वास्थ्य प्रयोगशाला बन्ने छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here