क्वाटर फाइनल चरणका खेल सकिँदै

0
93

पाँचथर २६ पुस। पाँचथरको फिदिममा जारी फाल्गुनन्द गोल्डकप फुटवल प्रतियोगितामा आजदेखि क्वाटर फाइनल चरणका खेल सकिँदैछन ।अन्तिम क्वाटर फाइनमा अहिले केहीबेर पछि रोयल फुटवल क्लव दार्जिलिङ र व्वाइज युनियन काठमाण्डौविच प्रतिश्पर्धा हँदैछ ।पुष ३० सम्म चल्ने प्रतियोगितामा भोलीदेखि सेमी फाइनल शुरु हुनेछ । यद्धपी सेमी फाइनलको ट्राइसिट भने सार्वजनिक गरिएको छैन ।फिदिम स्पोर्टिङ क्लव र पाँचथर जिल्ला फुटवल संघले आयोजना गरेको १० औं रुष्लान फाल्गुनन्द गोल्डकपमा यसवर्ष नेपालका ३ विभागीय र १ भारतीय सहित ए डिभिजनका १० टिम सहभागी थिए । जसमध्ये आयोजक फिदिम स्पोर्टिङ सँगै सुनसरी, एपिएफ,ताप्लेजुङ र मोरङ बाहिरिइ सकेका छन ।नेपालका १६ औं विभूती फाल्गुनन्द लिङदेनको स्मृतिमा आयोजित प्रतियोगिताका विजेताले नगद ४ लाख र उप विजेताले २ लाख सहित ट्रफि मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन । प्रतियोगिता अखिल नेपाल फुटवल संघको वार्षिक क्यालेन्डर अनुसार सञ्चालन हुँदै आएको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here