Tune to BFM 91.2|Biratnagar

क्वारेन्टाइनका टेन्टहरु हावाले उडायो

विराटनगर, ९ वैशाख । मोरङको मिम्लााजुङ गाउँपालिका ४ टाँडीमा नेपाली सेनाले निर्माण गरेको क्वारेन्टाइनका टेन्टहरु उडाएको छ ।

आइतबार र सोमवारराती आएको हावाहुरीले ५० वटा टेन्ट उडाएको हो । नेपाली सेनाको सूर्यदल गणले जंगलको चौरमा निर्माण गरेको प्लाष्टिकका टेन्टहरु हावाहुरीले उडाएपछि क्वारेन्टाइनमा बसेकाहरु चिन्तित भएका छन् ।

गएराती आएको हावाहुरीले करिब ५० वटा खाली टेन्टहरु भत्काएको छ । भत्किएका सबै टेन्टको पुनर्निर्माण भैरहेको सूर्य दलगणका गणपति रघुनाथ पौडेललले बताउनुभयो । उहाँका अनुसार आइतबार राती पनि हावाहुरीले दुई दर्जन पालमा क्षति पुगेको थियो ।

हावाहुरीले पानीका ट्यांकी र भाँडाकुँडाहरु उडाएको थियो । हावाहुरीले टेन्टमा क्षति पुर्याए पनि कुनै मानवीय क्षति भने भएको छैन । हाल टाँडीस्थित क्वारेन्टाइनमा १३ जना निगरानीमा छन् । हालसम्म क्वारेन्टाइनबाट १ सय ४३ जना डिस्र्चाज भएर घर फर्किसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button