Tune to BFM 91.2|Biratnagar

क्वारेन्टाइनबाटै एक युवक वेपत्ता

इलाम, चैत २५ । इलामको सिङफ्रिङमा रहेको क्वारेन्टाइनबाट गएराति एक युवक भागेका छन् । गत २३ गते क्वारेन्टाइनमा राखिएका सन्दकपुर गाउँपालिका–३, सुलुबुङका सरोज अधिकारी भागेका हुन् ।

उनलाई इलाम नगरपालिकाले व्यवस्थापन गरेको डा.मेघबहादुर पराजुली सामुदायिक अस्पतालको क्वारेन्टाइनमा राखिएको थियो । भारतको सिलिगुडीबाट आएका अधिकारीले सुरक्षार्थ खटिएका १२ प्रहरीलाई छक्याएर भागेको नगरपालिकाका सूचना अधिकारी रामकुमार शाहले बताउनु भयो ।

शाहका अनुसार अधिकारी गएराती दुईबजेतिर अस्पतालको झ्यालबाट भागेका हुन् । अहिले सो क्वारेन्टाइनमा १० जना रहेको जनाइएको छ ।

इलामकै सुलुबुङ घर भएपनि अधिकारी कहिले इलाम नगरपालिका–५, बिब्ल्याँटेतिर, कहिले अरूतिरै बस्ने गरेको वडा–५ का अध्यक्ष ठाकुरनारायण श्रेष्ठले जानकारी दिनुभयो । अधिकारीको खोजी भइरहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button