Tune to BFM 91.2|Biratnagar

क्वारेन्टाइनबाट भाग्ने भारतीय युवा पक्राउ

विराटनगर, २ वैशाख । सुनसरीको इटहरी उपमहानगरपालिका स्थित जनता क्याम्पसमा रहेको क्वारेन्टाइनबाट भग्न खोज्ने एक भारतीय युवालाई पक्राउ गरी पुनः क्वारेन्टाइनमा फर्काइएको छ ।

क्वारेन्टाइनमा राखिएका एक भारतीय युवाले क्वारेन्टाइनबाट भाग्ने प्रयास गरेकोमा सुरक्षाको लागि खटिएको नेपाली सेनाले नियन्त्रणमा लिएको हो ।

बिहारको फारबिसगन्जबाट इटहरीमा फलफुल व्यवसाय गर्ने आमालाई भेट्न आएका उनलाई प्रहरीले इटहरी क्वारेन्टाइनमा लगेको थियो ।

२१ वर्षीय ती भारतीय युवा क्वारेन्टाइनबाट भागेको लगत्तै सुरक्षाको लागि खटिएको नेपाली सेनाले समातेर पुनः क्वारेन्टाइनमा नै राखेको छ । क्वारेन्टाइनमा गत हिजो सुनसरीको बर्जुबाट ल्याइएका ११ भारतीयसहित १६ जनालाई राखिएको छ ।

तीमध्ये ११ भारतीयको स्वाब परिक्षणका लागि नमूना वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको इटहरी उपमहानगरपालिकाका उपप्रमुख लक्ष्मी गौतमले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button