Tune to BFM 91.2|Biratnagar

क्षतिपुर्ती पछि मात्रै काम शुरु गर्न बेलबारीका बासिन्दाको माग

विराटनगर, २ साउन । मोरङको बेलबारीका बासिन्दाले क्षतिपुर्ती पछि मात्रै रेल निर्माणको काम शुरु गर्न माग गरेका छन् ।

मेची महाकाली रेल मार्ग अन्र्तगत काँकडभिट्टा–इनरुवा खण्डको रेल निर्माणका क्रममा बेलबारी ९ र १० का १ सय २५ घर विस्थापित हुने भएकाले विस्थापित परिवारलाई क्षतिपुर्ती दिएर माग काम शुरु गर्न उनीहरुले माग गरेका हुन ।

आज मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेललाई ज्ञापन पत्र बुझाउँदै उनीहरुले जेठ २६ गते जिल्ला प्रशासन कार्यालयबाट प्रकाशित सूचनाले अन्यौल बनाएको भन्दै क्षतिपुर्ती विना निर्माणको काम अघि नबढाउन माग गरिएको रेलमार्ग विस्थापित समन्वय तथा संघर्ष समितिका संयोजक महानन्द पोखरेलले बताउनुभयो ।

जिल्ला प्रशासनको सूचनामा हकभोगको प्रमाणपत्र, जग्गाधनि प्रमाणपुर्जा, नागरिकता, मालपोत तिरेको रसिदको प्रतिलिपी, बोटविरुवा, घरटहरा उल्लेखगरि मुआब्जा पाउन निवेदन आह्वान गरेपनि सूचनामा क्षतिपुर्ती के कस्तो दरमा उल्लेख नगरिएको र कित्ता नम्वरहरु नमिलेकाले अन्यौलता छाएको संघर्ष समितिका सल्लाहकार संयोजक विश्वराज न्यौपानेले बताउनुभयो । उहाँले भन्नुभयोे,‘ सूचना अनुसार कित्ता नम्वर नमिल्ने भएकाले हकभोगको माग गर्न नसकिने भएकाले पुन सूचना प्रकाशित गर्नुपर्यो ।’

मूल्यांकन समितिले स्थलगत अध्ययन गरि चलनचल्तीको मूल्य कायम गरि क्षतिपुर्ती दिनुपर्ने संघर्ष समितिका संयोजक पोखरेलले बताउनुभयो । उहाँले भन्नुभयोे,‘ अव्यवस्थित बसोबास भएका क्षेत्रमा रेलमार्गबाट विस्थापित हुने परिवारलाई उचित वसोवासको व्यवस्था मिलाउनु पर्छ ।’

संघर्ष समितिले रेलमार्गले मापन गरेर रहेका टुक्रा टुक्री जग्गाहरु उपभोग विहिन हुनाले टुक्रा टुक्री जग्गाको पनि क्षतिपुर्ती पाउनुपर्ने माग गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button