Tune to BFM 91.2|Biratnagar

खनाल–नेपाल समूहद्वारा एमालेको काठमाडौं जिल्ला कमिटी घोषणा

काठमाण्डौं, २२ चैत । नेकपा (एमाले)को झलनाथ खनाल र माधवकुमार नेपाल समूहले काठमाडौंमा समानान्तर जिल्ला कमिटी घोषणा गरेको छ । खनाल–नेपाल समूहले आइतबार वसन्त मानन्धरको नेतृत्वमा जिल्ला कमिटी घोषणा गरेको हो । काठमाडौंमा आयोजित जिल्ला कमिटी घोषणा कार्यक्रममा वाग्मती प्रदेशसभा सदस्यसमेत रहेका मानन्धरको अध्यक्षतामा समानान्तर कमिटी घोषणा गरिएको हो । यो समूहको काठमाडौं जिल्ला उपाध्यक्षमा शोभा सापकोटा, सचिवमा कुशुमकुमारी कार्की र उपसचिवमा लक्ष्मीप्रसाद श्रेष्ठ रहेका छन् ।यो समूहले जिल्ला कमिटीमा रहने सदस्यहरू पनि घोषणा गरेको छ । एमालेको काठमाडौं जिल्ला अध्यक्ष भने प्रतिनिधिसभा सदस्यसमेत रहेका कृष्णबहादुर राई हुन् । उनी अध्यक्ष केपी शर्मा ओलीको समूहमा लागेका छन् । खनाल–नेपाल समूहको शनिबार बसेको स्थायी कमिटी बैठकले देशभर एमालेको समानान्तर कमिटी घोषणा गर्ने र विशेष अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । एमालेलाई २०७५ जेठ २ गते अगाडिको अवस्थामा सञ्चालन गर्न अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली तयार नभए मुलुकभर समानान्तर गतिविधि सञ्चालन गर्ने यो समूहको निर्णय थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button