खसीको भन्दै झुक्याएर बाख्राको मासु बेच्दा

0
181

मोरङ, १ जेठ । खसीको भन्दै बाख्राको मासु बेच्ने २ जनालाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ । विराटनगरको बरगाछीस्थित श्याम मिट सेन्टरका संचालक ४२ वर्षीय श्याम थापा र उनको पसलमा कामदारको रुपमा कार्यरत ३७ वर्षीय मोहम्मद अकबर रहेका छन् । उनीहरुलाई प्रहरीले बरगाछीचोकमा रहेको पसलबाट पक्राउ गरेको हो । प्रहरीले उनीहरुसहित काट्न लागिएको बाख्रासमेत नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी निशान थापाका अनुसार, पसलको मुल ढोकामा ताल्चा लगाएर भित्र बाख्रा काटेर खुर्किदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको । पक्राउ गरिएका बिरुद्ध कालोबजारी अन्तर्गत मुद्धा दर्ता गराएर कारवाही प्रक्रिया अघि बढाईने थापाले जानकारी दिनुभयो । विराटनगर क्षेत्रका अधिकांश मासु पसलेहरुले खसी भन्दै बाख्राको मासु बेच्ने गरेको उपभोक्ताहरुले गुनासो गर्दै आएका छन् ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here