Tune to BFM 91.2|Biratnagar

खसी चोर्ने पक्राउ

विराटनगर, ४ साउन । मोरङको रंगेली नगरपालिका–२ लक्ष्मीपुरबाट प्रहरीले खसी चोरीमा संलग्न एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बेलबारी नगरपालिका–८ का ३६ वर्षीय नगर खवास रहेका छन् । को १५ प १२०८ नम्बरको मोटरसाइकलमा राखेर शंकास्पद रुपमा लैजाँदै गरेको अवस्थामा गस्तीमा रहेको प्रहरीले खसीसहित खवासलाई नियन्त्रणमा लिएको हो ।

खसी बेलबारी–८ डाँगीहाटबाट चोरी गरेको अनुसन्धानबाट खुलेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताउनु भयो । प्रहरीले खसी कसको हो भन्ने खुलाएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button