खाल्डोमा जमेको पानीमा डुबेर १८ महिने बालकको मृत्यु

0
288

बिराटनगर ४ माघ । झापाको शिवसताक्षी नगरपालिका–५ मा १८ महिने बालकको खाल्डोमा जमेको पानीमा डुबेर मृत्यु भएको छ । आज दिउसो १२ बजे स्थानीय गोपाल ताजपुरियाको १८ महिने छोरा टंक प्रसाद ताजपुरीया आफ्नै घरको कल नजिक रहेको पानीको खाल्डोमा डुबिरहेको अवस्थामा बालकको आफन्तले फेला पारेका थिए । बालकलाई तत्काल उद्धार गरी उपचारको लागि स्थानीय स्वास्थ्य चौकी लगिएकोमा उपचार कै क्रममा मृत्यु भएको बताईएको छ । सो घटना बारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here