Tune to BFM 91.2|Biratnagar

खाल्डोमा डुबेर किशोरीको मृत्यु

विराटनगर, ६ असोज । मोरङको जहदा गाउँपालिका–२ हरिनगरामा पानी जमेको खाल्डोमा डुबेको अवस्थामा आज बिहान एक किशोरीको शव भेटिएको छ ।

इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक दीपक थापाले १७ वर्षीया रविना ऋषिदेवको शव पानी जमेको खाल्डोमा भेटिएको बताउनुभयो ।

उहाँका अनुसार बाढीले कटान गरेर बनाएको उक्त खाल्डो निक्कै गहिरो रहेको पाइएको छ । खाल्डोमा डुबिरहेको अवस्थामा रविनालाई देखेपछि स्थानीयले उद्धार गरेर उपचारका लागि लैजाने प्रयास गरे पनि उनको मृत्यु भइसकेको थियो ।

किशोरीमा छारे रोग सम्बन्धी पुरानो समस्या रहेको बताइएको छ । हिँड्ने क्रममा लडेर खाल्डोमा परेको र निस्कन नसक्दा त्यहीँ मृत्यु भएको हुन सक्ने प्रहरीले जनाएको छ ।

शव पोस्टमार्टमका लागि कोशी अस्पताल लगेर घटनाको अनुसन्धान सुरु गरिएको जानकारी प्रहरीले दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button