Tune to BFM 91.2|Biratnagar

खुकुरी प्रहारबाट ५० बर्षीया महिलाको हत्या

विराटनगर, २८ भदौ । उदयपुर जिल्लाको कटारी नगरपालिका–११ लखनथुम्का बस्ने ५० बर्षीया महिलाको हत्या भएको छ ।

खुकुरी प्रहार गरि महिलाको हत्या गरेको आरोपमा प्रहरीले स्थानीय २५ बर्षीय विनोद भनिने रोशन राना मगरलाई पक्राउ गरेको छ । मगरमाथि ५० बर्षीय डोरकुमारी राउतको हत्या गरेको आरोप रहेको छ ।

मगरले हिजो बिहान करिब साढे ८ बजे घरमै बसिरहेको अवस्थामा राउतमाथि कुटपिट गर्नुका साथै साथमै बोकेको खुकुरीले शरिरका विभिन्न भागमा प्रहार गरेका थिए । खुकुरीले टाउकोमा गम्भीर चोट लागेकी राउतको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ ।

ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले फरार रहेका मगरलाई कटारी नगरपालिका–११ स्थित हात्तीसुँडेको जङ्गलबाट आज नियन्त्रणमा लिएको छ ।

घटनाबारे थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय कटारीले जनाएको प्रदेश एक प्रहरी कार्यलय विराटनगरले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button