Tune to BFM 91.2|Biratnagar

खुल्ला रक्तदानमा ६२ प्रिन्ट रगत संकलन

विराटनगर, १८ वैशाख । लकडाउनका कारण रक्तदान रोकिएर रगत अभाव हुन थालेको बेलामा मोरङ सुदरहरैंंचामा खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।

लायन्स क्लव अफ बाँसबारी, अमर ज्योति युवा क्लव, अमर ज्योति टोल विकास संस्था र बाँसबारी भजन समूहको सहकार्यमा गरिएको खुल्ला रक्तदान कार्यक्रम ६२ प्रिन्ट रगत संकलन भएको छ ।

यो विषम परिस्थितिमा पनि विरामीहरुलाई रगत अभाव नहोस र रगतको अभावमा कसैले पनि ज्यान गुमाउनु नपरोस भनेर रक्तदान कार्यक्रमको आयोजना गरेको लायन्स क्लव अफ बासवारीका अध्यक्ष सन्जु सिवाकोटीले वताउनुभयो ।

नेपाल रेडक्रस सोसाइटी रक्तसंचार केन्द्र धरानको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा सुरक्षाकर्मीहरुले समेत रक्तदान गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button