खेलको माध्यमबाट दक्षिण एसियामा नयाँ सन्देश दिन सकिन्छ : प्रचण्ड

0
44

विराटनगर, २८ फागुन । नेकपाका अध्यक्ष पुष्पकमल दाहालले खेलको माध्यमबाट दक्षिण एसियामा साफले सद्भावना र एकताको नयाँ सन्देश दिएको बताउनुभयो । विराटनगरमा आजदेखि शुरु पाँचौ साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । उहाँले संवेदनशिल समाज निर्माणमा खेलकुदको पनि भुमिका रहने भएकाले खेलकुदको विकासका लागि सरकार लागिपर्ने उहाँले बताउनुभयो । परिणामुुखि खेलकुदका लागि विद्यालय र गाउँस्तर बाट नै खेलकुदको विकास गरिनुपर्नेमा उहाले जोड दिनुभयो । प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले खेलकुदको माध्यमबाट प्रदेशलाइ चिनाइने र १४ वटै जिल्लालाई खेलमय बनाइने बताउनुभयो । एन्फासंग मिलेर चाडै नै प्रदेश एकमा अन्तराष्ट्रिय स्तरको प्रतियोगिता संचालन गरिने पनि उहाँले जानकारी दिनुभयो । कार्यक्रममा विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली, एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले बोल्नु भएकोथियो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here