Tune to BFM 91.2|Biratnagar

खैरो हेरोइनसहित विराटनगरबाट एक युवा पक्राउ

विराटनगर, १८ साउन । खैरो हेरोइन (ब्राउन सुगर)सहित विराटनगरबाट एक युवा हिजोसाँझ पक्राउ परेका छन् । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोको टोलीले मोरङको पथरीशनिश्चरे नगरपालिका–६ का २३ वर्षीय निरज गोडीलाई पक्राउ गरेको हो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार गोडी विराटनगर महानगरपालिका–२ दुर्गा चोकबाट पक्राउ परेका हुन् ।

युवाको साथबाट ८ ग्राम खैरो हेरोइन बरामद भएको छ । डीएसपी श्रेष्ठले पक्राउ परेका गोडीविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउन आज म्याद थप गरेर बाँकी अनुसन्धान अघि बढाइने जानकारी दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button