खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु
विराटनगर, २८ वैशाख । मोरङको बेलबारीमा खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा गयराति एक जनाको मृत्यु भएको छ ।
दूधे खोलामा माछा मार्दै गर्दा बेलबारी नगरपालिका–९ का ३० वर्षीय दिलिप चौधरीको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताउनु भयो ।
उहाँकाअनुसार साँझ करेन्ट लागेर घाइते भएका चौधरीको उपचारका क्रममा गएराति सुनसरीको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो ।
लकडाउनका समयमा प्रहरीको आँखा छल्दै लुकिछिपी खोलामा करेन्ट लगाएर माछा मार्ने काम गरिएको र त्यही क्रममा करेन्ट लागेर मानिसको मृत्यु भएको हो ।
घटनाका बारेमा अनुसन्धान सुरु गरिएको डीएसपी राईले बताउनु भएको छ ।