Tune to BFM 91.2|Biratnagar

खोलाले बगाउदा २ जनाको मृत्यु

विराटनगर, ५ साउन । मोरङको केराबारी गाउँपालिका–६ मा खोलाले बगाएर ५८ वर्षीय जीतबहादुर आलेमगरको मृत्यु भएको छ ।

आज बिहान घरबाट खेतमा काम गर्नका लागि भनेर निस्किएका आलेमगरलाई खोलाले बगाएर मृत्यु भएको अवस्थामा फेला पारिएको हो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी लोकदर्शन थापाले घटनाका बारेमा अनुसन्धान भइरहेको बताउनु भयो ।

यसैवीच मोरङको सुन्दरहरैंचा नगरपालिका–११ मा पानीको पैनीले बगाउँदै गरेको अवस्थामा उद्धार गरिएका बालकको आज दिउँसो मृत्यु भएको छ । सञ्जय दनुवारका छोरा ३ वर्षीय सञ्जीव दनुवारलाई पानीले भरिएको पैनीले बगाउँदै गर्दा स्थानीय बासिन्दाले बिहान उद्धार गरेका थिए ।

गम्भीर अवस्थाका बालकको उपचारका लागि मोरङको बूढीगंगा गाउँपालिकामा रहेको विराट टिचिङ अस्पतालमा पुर्याउनसाथ मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button