Tune to BFM 91.2|Biratnagar

गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन : शेरधन राई

विराटनगर, ३० मंसिर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने बताउनु भएको छ । उहाँले संघीयतामाथि धारे हात लगाएर अर्को विकल्प खोज्नु सान्दर्भीक नभएको बताउनुभयो ।

आज विराटनगरमा प्रदेश जनस्वास्थ्य प्रयोगशालाको भवन शिलान्यास कार्यक्रममा मुख्यमन्त्री राईले सो कुरा बताउनु भएको हो । उहाँले प्रतिपक्षी नेपाली काँग्रेस र राजावादीहरुप्रति लक्षित गर्दै सडकमा आउनेलाई आफ्ना शासनकालमा के गर्नुभयो भनी प्रश्न गर्नुभयो । तीन तहको सरकारले अभुतपुर्व काम गरिरहेकाले सडकमा आउनुपर्ने कुनै कारण नभएको मुख्यमन्त्री राईको भनाई छ ।

३ बर्षमा स्थानीय, प्रदेश र केन्द्र सरकारले अहिले सम्मका सरकारले नगरेको काम गरेको दावी गर्नुभयोे । उहाँले अहिलेको विकास निर्माण संघियताको उपहार भएको बताउनुभयो । प्रदेशमा विकास निर्माणका सयौं योजनाहरु सञ्चालनमा रहेको बताउनुभयो ।

प्रदेश सरकारले योजनाको शिलान्यास मात्र हैन, उद्घाटन पनि गर्दै आएको बताउनुभयो । मुख्यमन्त्री राईले भन्नुभयोे,‘ पहिलेको जस्तो शिलान्यास गरेको दशौं बर्षसम्म निर्माण शुरु नहुने अवस्था अहिले छैन ।

मुलुक सम्बृद्धि तर्फ अघि बढेको समयमा आपराधिक ढंगबाट नागरिक हत्या गरेर क्रान्ति सफल नहुने मुख्यमन्त्री राई बताउनुभयो । उहाँले भन्नुभयोे,‘ अर्थहिन र औचित्यहिन काम नगर्नुहोस ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button