गभर्नर राजन खत्रीको आव्हान

0
59

विराटनगर, १७ मंसिर । लायन्स क्लव अन्तर्राष्ट्रिय ३२५ ए–वानका डिस्ट्रिक गर्भनर राजन खत्रीले हप्ताभरी सामाजिक कार्यक्रम गर्न क्लबहरूलाई आव्हान गर्नु भएको छ । गर्भनर खत्रीले एक कार्यक्रम आयोजना गरि डिस्ट्रिक अन्र्तगतका क्बलहरुलाई सेवामुलक कार्यक्रम गर्न आव्हान गर्नु भएको हो । गर्भनरको आव्हानमा अहिले विराटनगरका विभिन्न क्बलहरुले कार्यक्रमहरु गर्दै आएका छन् । सोही कार्यक्रम अन्तर्गत रहेर लान्यस क्बल अफ विराटनगर हेल्थ प्रोफेसनल र लायन्स क्बल अफ विराटनगर मोरङले रक्तदान कार्यक्रम आयोजना गरेको छ । उक्त क्बलहरुले आज विराटनगरस्थित कोशी हेल्थ कलेजमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ५३ जनाले रक्तदान गरेको हेल्थ प्रोफेसनलका अध्यक्ष डा. बालकृष्ण साहले जानकारी दिनु भयो । रक्तदान कार्यक्रममा विद्यार्थी, क्लबका पादाधिकारी तथा लियो क्बलका सदस्यहरुले पनि रक्तदान गरेका थिए । यस्तै लायन्स क्लब अफ विराटनगर सिटीले पनि विभिन्न कार्यक्रम आयोजना गरेको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here