Tune to BFM 91.2|Biratnagar

नोबेल मेडिकल कलेजमाथि कार्वाहीको माग

विराटनगर, १९ वैशाख । उदयपुर घर भएकै कारण अपरेशन थिएटरबाट विरामी निकाल्ने विराटनगर स्थित नोबेल मेडिकल कलेजमाथि कार्वाहीको माग गर्दै विरामीका आफन्तले उजुरी दिएका छन् ।

प्रसुति शल्यक्रियाको लागि भर्ना भएकी उदयपुरको त्रियुगा–११ की सरस्वती रौनियारलाई वैशाख १७ गते अप्रेशन थिएटरबाट निकालेर कोशी अस्पताल रेफर गर्ने नोबेलमाथि कार्वाही गर्न उनका श्रीमान प्रकाश गुप्ताले आज राष्ट्रिय मानबअधिकार आयोगमा उजुरी दिएका हुन् ।

प्रसूति व्यथा लागेपछि वैशाख १६ गते नोबेलमा भर्ना गरिएकी सरस्वतीको बुधबार बिहान शल्यक्रिया गर्ने समयमा उदयपुर घर भएको बुझेपछि नोबेलका चिकित्सकले शल्यक्रिया कक्षबाटै बाहिर निकालेर कोशी अस्पताल रेफर गरेका थिए ।

रेफरको कागजमा उदयपुर घर भएको कारण रेफर गरिएको लेखिएको छ । यसैबीच नोवेल मेडिकल कलेजले गर्भवतीलाई निकालेको घटनाबारे सरकारले छानबिन र कार्वाही गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले यस घटनाबारे सरकारले सत्य तथ्य बुझ्ने बताउनुभएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button