गर्मीले विद्यालय विदा

0
97

विराटनगर, २७ साउन । मोरङको पथरीशनिश्चरे नगरपालिकाले बढ्दो गर्मीका कारण विद्यार्थीको स्वास्थ्यलाई मध्यनजर गर्दै नगर क्षेत्रका विद्यालयमा दुई दिन गर्मी बिदा दिएको छ । सबै सामुदायिक र संस्थागत विद्यालयलाई साउन ३० गते सम्मका लागि बिदा गर्न अनुरोध गर्दै नगरपालिकाले सूचना प्रकाशन गरेको हो । नगरका केही विद्यालयबाट गर्मीका कारण पठनपाठन गराउन समस्या भएको जानकारी आएपछि बिदा दिन निर्णय गरिएको उप–सचिव तथा शिक्षा शाखा प्रमुख शालिग्राम काफ्लेद्वारा हस्ताक्षरित सूचनामा जनाइएको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here