गलत काम गर्ने प्रहरी प्रमुख र जवान जोसुकैलाई पनि कारवाही हुन्छः महानिरीक्षक खनाल

0
95

काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी संगठनभित्र गलत काम गर्ने छुट कसैलाई नभएको बताएका छन् । ललितपुरको सातदोबाटोमा निर्माण भएको महानगरीय ट्राफिक प्रहरी भवनको आज उद्घाटन गर्दै प्रहरी महानिरीक्षक खनालले गलत काम गर्ने प्रहरी प्रमुख र जवान जोसुकैलाई पनि कारवाही गर्ने चेतावनी दिए ।गलत काम गर्नेहरु प्रहरी संगठनभित्र बस्न नसुहाउने उनको भनाई थियो ।केही व्यक्तिले गलत काम गर्दा समग्र प्रहरी संगठन बदनाम भएको भन्दै उनले प्रहरी संगठन बदनाम हुँदा आफूमाथि चोट लागेको बताए ।सरकारले दिएको जिम्मेवारी प्रहरीले इमान्दारीतापूर्वक पूरा गरेको उनको भनाई थियो ।खनालले केही दिनभित्रै प्रहरीले राम्रो काम गरेर देखाउने प्रतिबद्धतसमेत व्यक्त गरे ।महानिरीक्षक खनालले प्रहरीले कुनै पनि घटना नलुकाई पारदर्शी गर्नुपर्ने बताए ।कार्यक्रममा महानगरीय ट्राफिक भवन निर्माणमा सहयोग गर्ने दाताहरुलाई सम्मानसमेत गरिएको थियो ।त्यसैगरी ट्राफिक व्यवस्थापन र विभिन्न स्थानमा ट्राफिक भवन निर्माणमा महत्वपूर्ण योगदान गरेको भन्दै ट्राफिक प्रहरी निरीक्षक सिताराम हाछ्ेथुलाई समेत सम्मान गरियो । भवन २ करोड १६ लाख रुपैयाँको लागतमा निर्माण भएको हो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here