Tune to BFM 91.2|Biratnagar

गाँजासहित पक्राउ

विराटनगर, १५ फागुन । मोरङको जहदा गाउँपालिका–३ का ५० वर्षीय बाबुलाल सोरेनलाई गाँजासहित प्रहरीले गयराति पक्राउ गरेको छ ।

ग्राहाक बोलाएर घरमै गाँजा बिक्री गर्ने गरेका उनलाई प्रहरी चौकी मझारेको टोलीले पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताउनु भयो ।

घरमा लुकाई छिपाई राखेको पाँच सय ग्राम गाँजा पनि प्रहरीले बरामद गरेको छ । राति ११ बजे पक्राउ परेका सोरेनलाई आवश्यक कारबाही अघि बढाउन जिल्ला प्रहरी कार्यालय मोरङमा ल्याइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button