गाउँले र लम्साललाई सूचनाको अधिकार पुरस्कार

0
149

विराटनगर, ८ चैत । नेपाल पत्रकार महासंघ मोरङ शाखाले महासंघ स्थापना दिवसमा अवसरमा प्रदान गर्दै आएको षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार यस वर्ष नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष तथा खोज पत्रकारिता केन्द्रका सम्पादक शिव गाउँलेलाई प्रदान गर्ने भएको छ । पुरस्कारको राशि ५१ हजार रुपैयाँ छ । त्यस्तै, शाखाले यस वर्षको षष्टिका बस्नेत सूचनाको अधिकार प्रोत्साहन पुरस्कार नयाँ पत्रिकाका १ नम्बर प्रदेश सम्वाददाता तथा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य गणेश लम्साललाई प्रदान गर्ने भएको छ । पुरस्कारको राशि ११ हजार रुपैयाँको छ । दुबै पुरस्कार चैत १६ गते पत्रकार महासंघको ६४ औं स्थापना दिवसका अवसरमा प्रदान गरिने छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here