Tune to BFM 91.2|Biratnagar

गिरिजा प्रसाद कोइरालाको दशौँ स्मृति दिवस

विराटनगर, ७ चैत । नेपालको प्रजातान्त्रिक आन्दोलनका शिखर पुरुष एवं पूर्व प्रधानमन्त्रि गिरिजा प्रसाद कोइरालाको दशौँ स्मृति दिवस आज विराटनगरमा मनाईएको छ ।

कार्यक्रममा जी.पी.कोईराला फाउन्डेशनकी संरक्षक तथा नेपाली काग्रेसकी केन्द्रिय सदस्य सुजाता कोइराला, नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. शेखर काइराला, कांग्रेसका मोरगं सभापति डिकबहादुर लिम्वु, कोसी अस्पताल र नोवेल अस्पतालका डाक्टर लगायत अन्य व्यक्तिहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा बोल्ने वक्ताहरुले गिरिजाप्रसाद कोइालाले गरेका काम र उहाँले नेपाली राजनीतिमा पुर्याएको योगदानको चर्चा गरेका थिए । उक्त अवसरमा ई–लाईब्रेरीको उद्घाटन का साथै मास्क वितरण समेत गरिएको थियो । साथै कार्यक्रममा तथा कोरोना भाइरसबाट जोगिनको लागि अपनाउनुपर्ने उपायको वारेमा डाक्टरहरुले जानकारी गराएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button