गिरीजाप्रसाद कोइराला स्मृति ब्याडमिन्टन प्रतियोगिता शुरु
विराटनगर ११ फागुन । विराटनगरमा आजबाट राष्ट्रियस्तरको गिरीजाप्रसाद कोइराला स्मृति ब्याडमिन्टन प्रतियोगिता शुरु भएको छ । विराटनगर ब्याडमिन्टन क्लबको आयोजनामा शुरु भएको प्रतियोगिता फागुन १४ गतेसम्म चल्ने छ । स्थानिय शहिद रंगशालाको कबर्ड हलमा शुरु भएको प्रतियोगितामा देशभरिका १ सय बढी खेलाडी सहभागि भएका छन ।
प्रतियोगितामा पुरुष सिंगल्स र डबल्स, महिला सिंगल्स र डबल्सको ५५ र ४५ बर्षे उमेर समूहमा प्रतिस्पर्धा हुने आयोजक विराटनगर ब्याडमिन्टन क्लबका सचिव लवभक्त श्रेष्ठले जानकारी दिनुभयो । सो प्रतियोगितका विभिन्न विधामा ८ जना प्रथम र ८ जना दोश्रो हुनेछन । त्यसैगरि १६ जना तेश्रो हुने जनाइएको छ ।
प्रतियोगिता अन्र्तगत पुरुष सिंगल्स र डबल्समा प्रथम, दोश्रो र तेश्रो हुनेलाई क्रमश २५ हजार, १५ हजार र तेश्रो हुने दुईजनालाई जनही पाँचपाँच हजार राशिको पुरस्कार प्रदान गरिने छ । यसैगरि महिला सिंगल्सका बिजेतालाई क्रमश २१ हजार ११ हजार र चारचार हजार नगद पुरस्कार प्रदान गरिने आयोजक समितिले जनाएको छ ।
त्यसैगरि पुरुष डबल्सको ४५ बर्षे उमेर समुहका विजेतालाई क्रमश २१÷११ र चारचार हजारका दरले पुरस्कृत गरिनेछ भने ५५ बर्षे पुरुष डबल्सका बिजेतालाई १५ हजार ८ हजार र चार चार हजारको नगद राशि सहित पुरस्कृत गरिने जनाइएको छ । प्रतियोगिता अन्र्तगत आज पहिलो चरणमा पुरुष डबल्स र सिंगल्स र महिला डबल्सका खेलहरु भएका छन ।