गुराँस पुस्तकालय फाईनलमा प्रवेश

0
136

विराटनगर, ६ फागुन । गुराँस पुस्तकालय विराटनगरमा जारी जिल्ला स्तरिय ए डिभिजन क्रिकेट लिगको फाईनलमा प्रवेश गरेको छ । गुराँस पुूतकालयले एग्रोभेट क्रिकेट क्लवलाई १ सय १६ रनले पराजित गर्दै गुराँस फाइनलमा प्रवेश गरेको हो । लायन्स क्लव अफ विराटनगर यङ हार्ट तथा मोरङ जिल्ला क्रिकेट संघको आयोजनामा विराटनगर १९ बैजनाथपुरमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको गुराँसले निर्धारित ५० ओभरको खेलमा ४६ दशमलव ५ बलमा सवै विकेट गुमाई २ सय २९ रनको मध्यम योगफल तयार पारेको थियो । गुराँसका साकिव हकले ३२ रन, कुन्दन यादवले २७ रन, मुकेश कामतले २२ रन र सतीस यादवले २१ रनको योगदान दिए । एग्रोभेटका लालबहादुर शर्माले ३ विकेट, राजेश शर्मा र सुनील चौधरीले समान २–२ विकेट लिए । जवाफमा २ सय ३० रनकोे मध्यम लक्ष्य पछ्याएको एग्रोभेटले ४१ दशमलव १ बलमा सवै विकेट गुमाएर १ सय १३ रनमा सिमित भयो । जस्मा लालबहादुर शर्माले ४२ रन र दिलिप शर्माले २६ रनकोे योगदान दिए । गुराँसका म्यान अफ कसन्दन यादवले ४ विकेट तथा इसान क्षेत्री र कृष्ण मण्डलले समान २–२ विकेट लिए । लिगको उपाधिका लागि भोली होराइजन क्रिकेट क्लब र गुराँस पुस्तकालयवीच खेल हुने मोरङ क्रिकेट संघका सदस्य राजेश पोखरेलले जानकारी दिनुभयो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here