गुरुकुलमा लिलिपुटको ‘प्रधानमन्त्री’ मंचन

0
71

विराटनगर, २७ भदौ । आरोहण–गुरुकुल विराटनगरको आयोजनामा जारी विद्यालय नाटक महोत्सवमा शुक्रबार ‘प्रधानमन्त्री’ मञ्चन भएको छ । लिलिपुट प्रिमियर इलिमेन्ट्री स्कुल विराटनगरले महोत्सवको आठांै दिनमा स्कूलका अध्यक्ष चिरञ्जिवी तिम्सिनाद्धारा निर्देशित नाटक मंचन गरेको हो । हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा मञ्चन भएको नाटकमा स्कूलका ४६ जना विद्यार्थीले अभिनय गरेका थिए । हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा मंचन भएको नाटकमा प्रभावशाली प्रधानमन्त्रीमार्फत सकारात्मकतालाई देखाइएको थियो । प्रभावशाली प्रधानमन्त्रीको परिकल्पना गरि उसले समृद्ध देश बनाएका विभिन्न कार्यहरुलाई नाटकमा रोचक ढंगले देखाइएको थियो । नाटक हेर्न विराटनगर महानगरपालिकाका उपमेयर इन्दिरा कार्की, ट्रेड युनियन कांग्रेसका प्रदेश १ संयोजक नारायणबाबु कार्की, कवि तथा साहित्यकार मीनकुमार नवोदित, पत्रकार लिलाबल्लभ घिमिरे लगायतको समेत उपस्थिती थियो । आरोहण–गुरुकुल विराटनगरको आयोजनामा भाद्र २० गतेदेखि विद्यालय नाटक महोत्सव जारी छ । आयोजकको म–नैतिक नाटक मञ्चन गरि सुरु भएको महोत्सवमा ७ विद्यालयले आ–आफ्ना नाटक मञ्चन गरेका छन् । महोत्सवमा भोली शनिबार श्री श्री रविशंकर विद्या मन्दिरले “चण्डालिका एक अनन्त प्रेम कहानी” मंचन गर्नेछ । विराटनगर महानगरपालिकाको संरक्षण र प्रवद्र्धनमा सुरु भएको नाटक महोत्सवमा दैनिक ४ बजे नाटक मञ्चन गरि महोत्सव भाद्र २९ गतेसम्म चल्नेछ । विद्यालयपनि नाट्य गतिविधि गर्न प्रोत्साहित हुन् भन्ने हेतुले महोत्सव आयोजनका गरिएको आयोजकले जनाएको छ । महोत्सवको अन्तिम दिन आइतबार रंगेली नगरपालिकाको रञ्जनी एकेडेमिक ई. टिचिङ स्कुलले “परिवेश” मञ्चन गर्नेछ । नाटक महोत्सवमा सांग्रिला बुक्स र वाईवाई चाउचाउले सहयोग गरेका छन् ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here