Tune to BFM 91.2|Biratnagar

गुरुकुलमा ‘सन्ध्या’ मञ्चन सुरु

विराटनगर ९ माघ ।आरोहण गुरुकुल विराटनगरमा आजदेखि नाटक ‘सन्ध्या’ मञ्चन सुरु भएको छ । हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा माघ १३ गतेसम्म दैनिक दिउँसो ३ बजे नाटक मञ्चन हुने बताईएको छ । अयोग्य लडाकुको प्रेम सम्बन्धलाई नाटकमा उतारिएको छ ।

धीरज राईको लेखन तथा दिपेश भण्डारीको निर्देशनमा तयार उक्त नाटक २ वर्षअघि पनि मञ्चन गरिएको थियो । नाटक मञ्चनसँगै कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेको नाटकघर खुला भएको घोषणा पनि गरिएको छ ।

नेपाल सरकारले निर्धारण गरेको स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै नाटकघर सबैका लागि खुला भएको अध्यक्ष भैरव क्षेत्रीले बताउनुभयो । नाटकमा विकास पराजुली, सविन भट्टराई, जिना कार्की, अनुपमा बास्तोला, प्रदीप दाहाल, मिलन राई, अशोक गौतमले अभिनय गरेका छन् ।

लकडाउन अन्त्य भएको लामो समयपछि मात्र नाटकघरहरु खुल्न थालेका हुन् । विगत १० महिना बढि समयदेखि ठप्प रहेको रंगमञ्च क्षेत्र खुला भएसँगै जोखिम कम गर्दै नियमित रुपमा नाटक मञ्चन गर्ने तयारीमा रंगकर्मीहरु लागेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button