Tune to BFM 91.2|Biratnagar

गुरुकुलमा ‘सन्ध्या’ मञ्चन हुने

विराटनगर, ८ माघ । आरोहण गुरुकुल विराटनगरमा माघ ९ गते शुक्रबारदेखि नाटक ‘सन्ध्या’ मञ्चन हुने भएको छ । हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा माघ १३ गतेसम्म दैनिक दिउँसो ३ बजे नाटक मञ्चन हुनेछ ।

सरकारले निर्धारण गरेका स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै नाटकघर खोल्ने निर्णयमा पुगिएको आरोहण, विराटनगरका अध्यक्ष भैरव क्षेत्रीले बताउनुभयो । १० महिना भन्दा बढि समयदेखि बन्द रहेको नाटकघरमा नाटक मञ्चन गर्दै नाटकघर सबैका लागि खुला भएको सन्देश दिन समेत लागिएको क्षेत्रीले बताउनुभयो ।

धीरज राईको लेखन तथा दिपेश भण्डारीको निर्देशनमा तयार उक्त नाटक २ वर्षअघि पनि मञ्चन गरिएको थियो । नाटकमा विकास पराजुली, सविन भट्टराई, जिना कार्की, अनुपमा बास्तोला, प्रदीप दाहाल, मिलन राई, अशोक गौतमले अभिनय गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button