गोरु काट्दै गरेको अवस्थामा बावु छोरा पक्राउ

0
180

विराटनगर, ६ फागुन ।सुनसरीको बराहक्षेत्र नगरपालिका ७ बाङगेमा आज प्रहरीले गोरु काटेर भाग लगाउँदै गरेको अवस्थामा बावु छोरालाई पक्राउ गरेको छ ।आज दिउँसो १२ बजे सोही स्थान बस्ने धन बहादुर तामाङको घरमा अन्दाजी ६० किलोको गोरु काटेर भाग लगाउँदै गरेको अवस्थामा तामाङ सहित निजका छोरा १९ बर्ष का गोपाल तामाङलाई पक्राउ गरेको हो । गोरु काट्दैछन भन्ने सूचना पाएसंगै प्रहरी चौकी बाङगेबाट प्रहरी टोली गई दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको सो कार्यालयले जनाएको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here