Tune to BFM 91.2|Biratnagar

गोर्खा वेल्फेयर ट्रष्टद्धारा स्वास्थ्य सामाग्री हस्तान्तरण

विराटनगर, २९ वैशाख । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसको रोकथाम तथा नियन्त्रणका लागि गोर्खा वेल्फेयर ट्रष्ट नेपालले कोशी अस्पताल विराटनगरलाई ५ लाख बढीको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।

सामाजिक क्षेत्रमा सन् १९७६ देखि क्रियाशिल रहेको ट्रष्टले कोशी अस्पतालमा २ र कोभिड अस्पतालमा १ गरि ३ वटा ह्याण्ड वास पोइन्ट सहित विभिन्न १२ प्रकारका स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरिएको एरिया वेल्फेयर सेन्टर धरानका प्रमुख सिनियर एरिया वल्फेयर अफिसर पूर्णप्रसाद लिम्वुले बताउनुभयो ।

प्रदेश १ का विभिन्न स्थानीय तह लगायतका स्थानमा गोर्खा वेलफेयरले स्वास्थ्य सामाग्री हस्तान्तरण तथा ह्याण्ड वास पोइन्ट निर्माणको कामपनि गर्दै आएको छ । डिएफ्आईडीको आर्थिक सहयोगमा वितरण गरिएको विभिन्न स्वास्थ्य सामाग्री ग्रहण गर्दै कोशी अस्पताल विराटनगरकी मेडिकल सुपरीटेन्डेन्ट डा. संगीता मिश्राले अस्पतालमा ह्याण्ड वास पोइन्टको महत्वपूण भूमिका हुने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button