गोल्छाको स्मृति दिवशमा पुष्पार्पण
विराटनगर, २ मंसिर । उद्योग संगठन मोरङका पूर्व अध्यक्ष महेन्द्र गोल्छाको ११ औं स्मृति दिवशमा आज उहाँको शालिकमा पुष्पार्पण गरिएको छ ।
उद्योग संगठन मोरंगको हाता भित्र रहेको स्व. गोल्छाको शालिकमा उद्योग संगठन, मोरंगका अध्यक्ष भीम घिमिरे, पूर्व अध्यक्ष सुशिल धनावत, दिनेश गोल्छा, लगायत पदाधिकारी एवं संगठनका कार्यकरिणी समिति सदस्यहरुले पुष्पार्पण गर्नुभएको हो ।
संगठनका अध्यक्ष भीम घिमिरेले स्व. महेन्द्र गोल्छा असल अभिभावक र प्रेरणा दिने व्यत्तित्व भएको स्मरण गर्दै उहाँको विचार र आदर्शलाई उच्च सम्मान गर्नुपर्ने बताउनुभयो । गोल्छाको ११ औं स्मृतिको अवसरमा विराटेश्वर वृद्ध आश्रममा रहेका ५५ जना वृद्ध वृद्धाहरुलाई भोजन समेत गराईएको छ ।