Tune to BFM 91.2|Biratnagar

ग्याँस विक्रेता संघ मोरङको नयाँ कार्यसमिति चयन

विराटनगर २४ माघ । ग्याँस विक्रेता संघ मोरङको नयाँ कार्यसमिति चयन भएको छ । संघको हिजो विराटनगरमा सम्पन्न १३ औं अधिवेशन र १४ औं साधारणसभाबाट नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो ।

संघको नयाँ कार्यसमितिमा गणेश साह अध्यक्षमा सर्वसम्मत हुनुभएको छ । उहाँको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति सर्वसम्मत भएको हो । नवनिर्वाचित अन्य पदाधिकारीमा वरिष्ठ उपाध्यक्षमा सुनिल बोहरा, प्रथम उपाध्यक्षमा दीपेन्द्र श्रेष्ठ, द्वितीय उपाध्यक्षमा कल्पना गौतम र सचिवमा सुधिर यादव रहनुभएको छ । यसैगरि सहसचिव सुमन खरेल र कोषाध्यक्षमा सुनिता सिग्देल चयन हुनु भएको छ ।

संघको १३ औं अधिवेशन सम्पन्न हुनुअघि ग्याँस बिक्रेता महासंघको प्रदेश एकको दोस्रो साधारणसभासमेत सोही ठाउँमा सम्पन्न भएको थियो । सो अवसरमा बोल्नुहुँदै ग्याँस बिक्रेता महासंघका केन्द्रीय अध्यक्ष महेश्वर श्रेष्ठ, वरिष्ठ केन्द्रीय सदस्य चिरञ्जीवि अधिकारी र मोरङका पूर्वअध्यक्ष विकास लालवानीलगायतका वक्ताहरुले अनाधिकृतरुपमा ग्याँस बिक्री वितरणको कार्यलाई नियन्त्रण गर्नुपर्ने तथा ग्याँस उत्पादक उद्योग, डिलर र संघबीच नङ मासुको सम्बन्ध रहेको उल्लेख गर्नुभयो ।

ग्याँस बिक्रेता संघ मोरङमा ४ सय ब्यवसायी आबद्ध रहेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button