Tune to BFM 91.2|Biratnagar

विराटनगरमा निशुल्क भोजन , ग्रामथानमा राहत

विराटनगर, ८ वैशाख । मोरङको ग्रामथान गाउँपालिकास्थित निजी विद्यालयहरुले गाउँपालिकालाई राहत सामग्री उपलब्ध गराएका छन् ।

निजी विद्यालयहरुले सामूहिक रुपमा गाउँपालिकाका अध्यक्ष शिवनारायण माझीलाई १५ क्वीन्टल चामल उपलब्ध गराएको हो । गाउँपालिकामा बसोबास गर्ने अति विपन्न परिवारलाई राहत वितरण गर्न निजि विद्यालयहरुले सामूहिक रुपमा गाउँपालिकालाई चामल उपलब्ध गराएका हुन् ।

लकडाउनको बेला दैनिक ज्यालादारी गरेर खाने वर्गहरु समस्यामा परेको कुरालाई मध्यनजर गर्दै राहत उपलब्ध गराएको स्थानीय पशुपती सेकेण्डरी स्कुलका प्रिन्सिपल चन्द्रनारायण चौधरीले जानकारी दिनुभयो ।

यसैबिच विराटनगरस्थित शिवानी फर्मा डिस्ट्रिब्युटरले विपन्न वर्गकालागि निशुल्क भोजन शिवीर संचालन गरेको छ । सो फर्माले कोशी अस्पताल नजिकै कोइराला निवास परिसरमा भोजन शिवीर संचालन गरेको छ ।

बैशाख ४ गतेयता नियमितरुपमा संचालन गरिंदै आएको शिवीरमा दैनिक ३ सय बढीलाई भोजन गराउने गरिएको फर्माका संचालक सुरेश जयसवालले जानकारी दिनुभयो ।

लकडाउन प्रभावित विपन्नबर्ग सहित कोशी अस्पताल तथा गोल्डेन अस्पतालसहित नजिकै रहेका अन्य अस्पतालमा आउने विरामी र तिनका कुरुवालाई लक्षित गरेर शिवीर संचालन गरिएको उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button