ग्रामिण क्षेत्रका महिलाहरुको शसक्तिकरणमा जोड दिने : डा. खतिवडा

0
51

काठमाण्डौँ, २७ भदौ । दक्षिण एशियाली महिला विकास मञ्चले आयोजना गरेको दक्षिण एशियाली महिलाहरुको सम्मेलनको उद्घाटन अर्थमन्त्री डा. युवराज खतिवडाले गर्नुभएको छ । उद्घाटन समारोहमा बोल्दै खतिवडाले महिला अधिकारको संरक्षणको लागि दक्षिण एशियाली महिलाहरुको प्रतिवद्धता आवश्यक रहेको बताउनु भएको छ । उहाँले राजनीतिक, आर्थिक, सामाजिक समानताबाट मात्र महिला अधिकार सुदृढ हुने बताउनुभयो । महिलाहरुको आर्थिकस्तर वृद्धि गर्न सकिए परिवार, समाज र मुलुकको विकास हुने उहाँको भनाई थियो । महिलाहरुको अधिकार र सशक्तिकरणका लागि सरकार सचेत रहेको भन्दै उहाँले ग्रामिण क्षेत्रका महिलाहरुको शसक्तिकरणमा जोड दिने बताउनुभयो । महिलाहरुको हक, हितकोलागि कानुनी रुपमा संविधानले व्यवस्था गरेको भन्दै शैक्षिक रुपमा महिलाहरुलाई अगाडी बढाउनु पर्ने बताउनुभयो । त्यस्तै दक्षिण एशियाली महिला विकास मञ्चकी अध्यक्ष प्रमिला आचार्य रिजालले महिलाहरुमाथि अझै पनि बिभेद कायम रहेको बताउनुभयो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here