Tune to BFM 91.2|Biratnagar

घरबाट अस्पताल पुर्याउनसाथ संक्रमित महिलाको मृत्यु

विराटनगर, २३ असोज । घरबाट थप उपचारका लागि नोबेल शिक्षण अस्पताल पुर्याएको केही बेरमै विराटनगरकी कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

विराटनगर महानगरपालिका–१२ बखरीकी ५५ वर्षीया महिलाको आज दिउँसो मृत्यु भएको अस्पताल प्रबन्धक नारायण दाहालले जानकारी दिनु भयो । उहाँका अनुसार श्वासप्रश्वासमा अचानक समस्या भएपछि महिलालाई सिटी सफारीमा राखेर थप उपचारका लागि अस्पताल ल्याइएको थियो । आइसोलेसनमा भर्ना गर्नका लागि आकस्मिक कक्षमा पुर्याएको केही बेरमै संक्रमितको दिउँसो ४ः३० बजेतिर मृत्यु भएको दाहालले बताउनु भयो ।

कोरोनासँग मिल्ने लक्षण देखिएपछि स्वाब संकलन गरेर गत बुधबार परीक्षणका लागि कोशी अस्पतालको प्रयोगशाला पठाइएकोमा हिजो रिपोर्ट पोजेटिभ आएको थियो ।

कोरोना पुष्टि भए पनि ‘होम आइसोलेसन’मै राखिएकी महिलालाई अचानक स्वास्थ्यमा समस्या थपिएपछि अस्पताल ल्याइए पनि बचाउन नसकिएको दाहालको भनाइ छ । उहाँका अनुसार मृतकमा मधुमेह र बाथको पुरानै समस्या रहेको पाइएको छ ।

प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप ६ जनाको मृत्युभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button