Tune to BFM 91.2|Biratnagar

घरबाहिर ननिस्कन महानगरको अपिल

विराटनगर, २३ पुस । वायु प्रदूषणको स्तरले खतराको विन्दु पार गरेपछि विराटनगर महानगरपालिकाले घरबाट बाहिर ननिस्कन नगरवासीमा अपिल गरेको छ ।महानगरपालिकाले प्रदूषणको स्तर बढेको पाइएकाले अति आवश्यक कामबाहेक घरबाहिर ननिस्कन सूचना जारी गर्दै अपिल गरेको हो ।

प्रदूषणका कारण ‘मर्निङ वाक’मा जाँदा वा घरबाहिर ननिस्कन आग्रह गरेको छ । महानगरले फोहोर जलाउनेजस्ता कामलाई पनि रोक्न भनेको छ । प्रदूषणको दर नओर्लिएसम्म स्वास्थ्य सावधानी अपनाउन अपिल गरिएको विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले जानकारी दिनुभयो ।उहाले भन्नुभयो “अति आवश्यक कामबाहेक घर बाहिर नस्किन र अनिवार्य रुपमा मास्क प्रयोग गर्न चिकित्सकले पनि सल्लाह दिएका छन् ।

धुवाँधुलो उड्ने खालका पेसा, व्यवसाय, निर्माण कार्य केही दिनलाई स्थगन गर्न भनेका छौं ।”महानगरको वातावरण महाशाखाका अनुसार हावामा प्रदूषणको मात्र ०–५० सम्मको विन्दुलाई राम्रो मानिन्छ । तर हिजो दिउँसोबाट विराटनगरमा वायु प्रदूषणको अवस्था (एयर क्वालिटी इन्डेक्स) १५७ को विन्दु पुगेर एक सय हाराहारीमै रहेको छ ।” वातावरण शाखाकी अधिकृत अनीता न्यौपानेका अनुसार केही दिनयता देशभर वायु प्रदूषण बढेको छ ।

चिसो बढेका कारण धूलो उडेर धेरै टाढा जान नसक्ने भएकोले हावाको तल्लो तहमा रहेका धुवाँ धूलोेले मानव स्वास्थ्यलाई हानी गर्नेछ । औद्योगिक क्षेत्रबाट निस्कने प्रदूषण र सवारी चाप पनि उच्च रहेकोले विराटनगरको हावामा प्रदूषण बढेकोहो । मुलुकभरको वायुप्रदूषण अवस्था हेर्ने डिस्प्ले सडक कार्यालय परिसरमा राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button