Tune to BFM 91.2|Biratnagar

घरेलु हिंसा न्यूनीकरणसम्बन्धी सचेतना

विराटनगर २६ असार । रोटरी क्लब अफ विराटनगर सेन्ट्रलको आयोजनामा घरेलु हिंसा तथा आत्महत्या न्यूनीकरणसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।

विराटनगर– ५ स्थित खवास टोलमा रोटरी क्लब अफ विराटनगर सेन्ट्रलले दुई दिने घरेलु हिंसा तथा आत्महत्या न्यूनीकरण सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको हो ।

कोरोना भाइरस कोभिड–१९ रोकथाम तथा न्यूनीकरणका लागि सरकारले लकडाउनको घोषणा गरेसँगै लकडाउन अवधिमा घरेलु हिंसा तथा सामाजिक अपराधलाई मध्यनजर गरेर सचेतनामूलक कार्यक्रमको आयोजना गरिएको क्लबकी अध्यक्ष सृजना रिजालले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button