घर नभत्काइदिन महानगरपालिकालाई सुकुम्बासीहरुको अनुरोध

0
135

बिराटनगर २६ असार । सुकुम्बासीहरुले आफ्नो बसिरहेको घर नभत्काइदिन महानगरपालिकालाई अनुरोध गरेका छन् । बिराटनगर एक भटटाचोक देखि पुर्व परोपकार घाट जाने बाटोमा बिगत चालीस बर्ष देखि बसोबास गर्दै आएका सुकुम्बासीहरुले आज बिराटनगरमा पत्रकार सम्मेलन गर्दै सो आग्रह गरेका हुन । महानगरपालिकाले परोपकार घाट्को जग्गा अतिक्रमण गरेको कारण सो क्षेत्रमा बसोबास गरिरहेका सात वटा घरपरिवारलाई एक साता भित्रमा खाली गरिदिन गत असार २३ गते पत्राचार गरेको सुकुम्बासी ले बताएका छन् । पत्रकार सम्मेलनमा बोल्दै सुकुम्बासी जमिर अन्सारी ले आफुहरु बिगत ४० बर्ष देखि सो ठाउँमा बसोबास गर्दै आएकोमा सुकुम्बासी समस्या समाधान आयोग बाट समेत सुकुम्बासी परिचयपत्र प्रदान गरिसकेको अबस्थामा अहिले आएर महानगरपालिकाले आफुहरुलाई उठिबास लगाउन लागि परेको गुनासो गर्नुभयो । यस्तै अर्का पिडित हसिना खातुन ले यस्तो बर्खाको बेला आफुहरुलाई मुवाब्जा केही नदिकन घर खाली गराउने आदेश गरेर बालबच्चा को बिजोग बनाउन आटेको बताउनु भयो । सो ठाउमा असी घर परिवार सुकुम्बासी बसोबास गर्दै आएकोमा आफुहरु सात घर परिवार लाई मात्रै महानगर ले उठाउन खोजेर अन्याय गरेको एक्दिल सेखले आरोप लाउनु भयो । मुआब्जा दिएर आफुहरुलाइ अन्यत्र ठाउँमा सारिदिए जान इच्छुक रहेको सुकुम्बासीहरुले बताएका छन् ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here