Tune to BFM 91.2|Biratnagar

घिमिरेको ‘मेरो प्रतिक’ विमोचन

विराटनगर, १७ फागुन । कवि मञ्जु घिमिरेद्वारा लिखित ‘मेरो प्रतिक’ कवितासंग्रहको आज विराटनगरमा विमोचन गरिएको छ । नेपाल पत्रकार महासंघ मोरङको सभाहलमा आयोजित कार्यक्रममा वरिष्ठ साहित्यकार दधिराज सुवेदीले विमोचन गर्नुभयो ।

नारी स्रष्टा समाज विराटनगरको आयोजनामा भएको कार्यक्रममा साहित्यकार रामबाबु दाहाल र शिवनारायण पण्डितले विमोचित कृतिको समीक्षा गर्नुभयो भने साहित्यकार मधु पोखरेल र कवि भरत गुरागाईंले कृतिभित्रका कविता वाचन गर्नुभयो ।

खेमनाथ दाहालले प्रकाशन गरेको संग्रहभित्र विभिन्न शीर्षकका ३९ वटा कविता समावेश छन् । नारी स्रष्टा समाजकी अध्यक्ष ममता श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा अग्रज साहित्यकार बलराम पोखरेल, वरिष्ठ कलाकार माया पौडेल ‘आशावादी’लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button