Tune to BFM 91.2|Biratnagar

चट्याङले कानेपोखरीमा महिलाको मृत्यु

विराटनगर, ९ वैशाख । हावाहुरी र वर्षासँगै परेको चट्याङले लागेर मोरङको कानेपोखरीमा एक महिलाको मृत्यु भएको छ । चट्याङले लागेर कानेपोखरी गाउँपालिका–२ की ४० वर्षीया सुकवती राजवंशीको आज बिहान ज्यान गएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताउनु भयो ।

उहाँका अनुसार घरनजिकै रहेको बारीमा गाईगोरु सार्ने काम गरिरहेका बेला बिहान ९ बजेतिर परेको चट्याङले लागेर सुकवती गम्भीर घाइते भएकी थिइन् । उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पतालमा उपचारका लागि पुर्याएपछि चिकित्सकले घाइते महिलालाई मृत घोषित गरेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button